मोफसल प्रचारदेखि बाग्लुङ प्रिमियरसम्म निर्माण टिमले केकी र प्रकाशलाई नै काखी च्यापेको थियो । प्रचारमा कम प्राथमिकता पाएको भए पनि फिल्म सफलताको ‘श्रेय’ उनलाई केकी र प्रकाश बराबर नै मिलेको छ । ७ वर्षदेखि फिल्मको असफलतासँग जुधिरहेकी वर्षाका लागि ‘परदेशी २’ सञ्जीवनी बुटी बनेको छ ।
रोचक कुरा के छ भने उनको विशेष भूमिका रहेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले पनि व्यावसायिक सफलता पाइसकेको छ । अर्थात् यस वर्ष उनलाई दुवै हातमा लड्डूझैं भएको छ । अब उनको पाइपलाइनमा लक्ष्मण रिजालको निर्देशनमा बन्न लागेको फिल्म ‘काजी’ छ । यसमा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिनेछ । योबाहेक वर्षाले अरु फिल्म सम्झौता गरेकी छैनन् ।
प्रतिक्रिया