फिदिम : फिदिममा जारी छैठौँ तरुण गोल्डकपको उपाधिका लागि फिदिम १ र ८ भिड्ने पक्का भएको छ । फाईनल प्रबेश गरेसँगै दुबै टीमले कम्तिमा ३५ हजार पुरस्कार सुरक्षित गरेका छन् ।
मंगलबार भएको सेमीफाइनलको खेलमा जित निकाल्दै फिदिम १ र ८ उपाधिको दाबेदार बनेका हुन् । मंगलबार भएको सेमीफाईनलको पहिलो खेलमा फिदिम ८ ले १० लाई ३–० गोल अन्तरले पराजित गर्दै फिदिम ८ ले फाईनल खेलका लागि स्थान पक्का गरेको हो ।
फिदिम ८ को जितका लागि नवराज गुरुङ एक्लैले २ र लुम्बिहाङ नेम्बाङले १ गोल गरे । यो खेलमा दुई गोल गरेका नवराज गुरुङले म्यान अफ दी म्याचको पुरस्कार प्राप्त गरे ।
मंगलबार भएको दोस्रो सेमीफाइनलको खेलमा फिदिम १ ले ७ लाई ट्राईबेकरमा ३–१ गोलले पराजित गर्दै फाईनल प्रवेश ग¥यो । निर्धारित समयमा समान १–१ गोल गरेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।
फिदिम १ ले सुरुवाती अग्रता लिएपनि त्यो जितका लागि प्रयाप्त बनेन । खेलको अन्तिम समयमा फिदिम ७ ले गोल गर्दै खेललाई बराबरीमा पु¥याएको थियो ।
ट्राईबेकरमा धकेलिएको खेलमा फिदिम १ का गोल किपर संजोक नेम्बाङ नायक बने । उनले फिदिम ७ का दुई जना खेलाडीको प्रहारलाई उत्कृष्ठ बचाउ गर्दै टीमलाई फाईनल खेलको स्थान दिलाए ।
फिदिम ७ को दुई प्रहारलाई फिदिम १ का गोलकिपर संजोकले रोक्दा फिदिम ७ सेमीफाईनलबाटै बाहिरिन पुग्यो । यो खेलमा दुई प्रहारलाई बिफल बनाएका फिदिम १ का गोलकिपर संजोक नेम्बाङले म्यान आफ दी म्याचको पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताका बिजेता टीमले ५१ हजार र उपबिजेता टिमले ३५ हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । तरुण दलको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा फिदिम नगरपालिकाका १४ फुटबल टिमले सहभागिता जनाएको तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए ।
प्रतिक्रिया