इलाम, कात्तिक : इलाममा कोशी प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । आगामी २३ गतेबाट २५ गतेसम्म सन्तोष अधिकारी मेमोरियल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा १४ वटै जिल्लाका खेलाडीहरुको सहभागिता हुने आयोजकले इलाम चियाबारीमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
प्रतियोगिता समेत पर्यटकिय स्थल चियाबारीमा नै सञ्चालन हुने भएको छ । कोठाभित्र सञ्चालन गरिने खेल भएपनि खुल्ला आकाश मुनी नै यो प्रतियोगिता गर्न लागिएको आयोजक कोशी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्र राइले बताए । उनका अनुसार बिभिन्न बिधामा पुरस्कार वितरण गरिने छ ।
महिला, खुल्ला, अण्डर १५, भेट्रान, इलाम च्याम्पियन लगायतका च्याम्पियन छनौट गरिने छ । बच्चाहरुको लागि समेत छुट्टै प्रतियोगिता सञ्चालन हुने छ । बाहिरबाट आएका खेलाडीलाई बस्नको ब्यवस्था गरिएको छ ।
पुरस्कारका लागि दुईलाख २० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता छ वटा राउण्डमा सञ्चालन हुने छ । स्वीस लिग अनुसार प्रतियोगिता सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।
यो प्रतियोगिताले खेल पर्यटनको प्रवर्दन हुने आयोजकले अपेक्षा लिएको छ ।
बिभिन्न संघसंस्था, दाता तथा स्थानिय तहको सहयोगमा प्रतियोगिता सञ्चालन गरिने भएको हो ।
प्रतिक्रिया