इलाममा खेलाइएको बिंगोबाट १४ लाख बचत, २८ लाख माथीको पुरस्कार वितरण

बुधबार, १३ मंसिर २०८०
इलाम, मंसिर : चाडपर्वका अवसरमा इलाममा खेलाइएको हाउजी अर्थात बिंगोबाट १४ लाख रकम बचत भएको छ । इलाम चोक बजारमा दसैं–तिहार, छैठ लगायतका चाडपर्वका अवसरमा खेलाइएको खेलबाट ४८ लाख माथीको कारोबार भएको छ । आयोजकले गरेको आयब्याय सार्वजनिक विवरण अनुसार ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको छ । खेल ४१ दिन खेलाइएको थियो । पुरस्कारमा २८ लाख ५७ हजार दुई सय रुपैयाँ खर्च भएको बताइएको छ । बाँकी रहेको २० लाख ५० हजार एक सय ५५ रुपैयाँबाट पाँच लाख १२ हजार दुई सय २९ रुपैयाँ खेलका लागि खर्च भएको जनाइएको छ । र बाँकी रहेको १४ लाख ७९ हजार नौ सय २६ रुपैयाँ बैंकमा बचत गरेको आयोजक अर्थात इलाम नगरपालिका नगर खेलकुद विकास समितिका उपाध्यक्ष गणेश खतिवडाले बताए । यस वर्ष खेल खेलाइरहे पनि धेरै नै बिबाद भएको थियो । प्रशासनले जुवाजन्य खेलमा कसरी अनुमती दियो र नगरपालिकाले खेल खेलाएको भन्दै आलोचना समेत भएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार