प्रथम देउमाई नगर वडा स्तरीय फुटबलको उपाधि चार नम्बरलाई

शनिबार, १६ मंसिर २०८०
इलाम : प्रथम देउमाई नगर वडा स्तरीय पुरुष नकाउट फुटबल खेलको उपाधि देउमाई नगरपालिका चार नम्बर वडाले हात पारेको छ । देउमाई नगरपालिका स्थित भानुभक्त माविको छात्रावास खेल मैदानमा शनिबार भएको फाइनल खेलमा दुई नम्बर वडालाई एकका बिरुद्ध चार गोल गर्दै उपाधि माथी कब्जा जमाएको हो । विजेता चार नम्बर वडाको टीमले ५१ हजार एक सय ५१ रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपबिजेता टीम दुई नम्बरवडाको टीमले ३१ हजार एक सय ३१ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी सुसन राई घोषित भए भने राइजिङ प्लेयर सेवन्त जोशी, वेस्ट डिफेन्डर दिपेश खतिवडा, उत्कृष्ट गोलकिपर सृजन श्रेष्ठ बन्दै पुरस्कार प्राप्त गरे । बिजेता टीमलाई प्रमुख अतिथि नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले पुरस्कार प्रदान गरेका थिए । पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि खड्काले खेलकुद क्षेत्रको विकासमा आफूले आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले देउमाईका युवालाई भावनात्मक रुपमा समेट्न समेत प्रतियोगिता फलदायी बनेको भन्दै आयोजकप्रति आभार ब्यक्त गरे । नेपाल तरुण दल देउमाई नगर कार्य समितिको आयोजना तथा जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिता मंसिर ९ गतेबाट सुरु भएको थियो । प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार