१८ औ डिपो कपको उपाधि पुलिस स्कुल धरानलाई

शुक्रबार, २२ मंसिर २०८०
धरान । डिपो स्कुलको आयोजनामा सम्पन्न १८ औ ललित अम्बर डिपो कपको उपाधि पुलिस स्कुलले चुमेको छ । आज भएको फाइनल खेलमा पुलिस स्कुलले बराह राइजिङ स्टारलाई १९० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हो। पुलिस स्कुलका तर्फबाट एक मात्र निर्णायक गोल अंशु बस्नेतले खेलको दोस्रो हाफको ८ औ मिनेटमा गरेका थिए । विजेता पुलिस स्कुलले उपाधि सङ्गै नगद ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बराह राइजिङले नगद ७ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तेस्रो हुने देउराली चिल्ड्रेनले नगद ५ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी बराहका शिशिर कार्की, हाइस्कोरर बराहका सुबोध कटुवाल, वेस्ट डिफेन्स पुलिसका रोयल चौधरी र वेस्ट गोलकिपर पुलिसकै सन्देश कुस्वहा घोषित भएका छन् । यसैगरी फाइनल खेलको म्यान अफ द म्याच पुलिसका अंशु बस्नेत घोषित भए । विजेता तथा उपबिजेता खेलाडीहरूलाई डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अम्बर लिम्बू, प्रमुख अतिथि धरान उपमहानगर उपप्रमुख अइन्द्र बेघा,युवा नेता भीम राई ज्वाला, डिपो क्याम्पस प्रमुख राजकुमार राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार