इलाम : इलामको नयाँ बजारमा आज देखी बुद्धिचाल प्रतियोगिता सुरु हुँदै छ । माइजोगमाई गाउँपालिकाको नयाँ बजारमा खुला रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु हुने भएको हो ।
माइजोगमाई बुद्धिचाल समितिको आयोजना तथा गाउँपालिकाको सहयोगमा दुई दिने प्रतियोगिता गरिने भएको हो ।
बाला चतुर्दशी मेलाका अवसरमा सञ्चालित प्रतियोगितामा खुला, महिला, १६ वर्षमुनि, भेट्रान्स, अनरेटेट र माइजोगमाई गाउँपालिकालगायत गरी २३ समूहबाट विजेता हुनेलाई पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागी हुने चाहने गाउँपालिकावासीका लागि तीन सय र गाउँपालिकाबाहिरका खेलाडीहरूका लागि पाँच सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।
प्रतिक्रिया