इन्स्टिच्युटका प्रबन्ध निर्देशक सुजता आचार्य ढुङ्गानाले संस्थाका तर्फबाट गरिएको सानो सहयोगले विद्यालयका छात्रछात्रालाई महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
२०७९ माघमा स्थापित भई पोखराको चिप्ले ढुङ्गामा कार्यालय सञ्चालन गरिरहेको इन्स्टिच्युट क्यानडा, अस्ट्रेलिया, अमेरिका, युरोपियन लगायत विभिन्न ३३ वटा देशमा शैक्षिक परामर्श सहित युवाहरू लक्षित उद्यमशीलताको विकास गर्ने किसिमका रोजगारमूलक तालिमहरू प्रदान गर्दै आएको उनले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष एवम् वडा सदस्य रामप्रसाद मिश्रको अध्यक्षता एवम् वडा सचिव गोविन्द मिश्रले सञ्चालन गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्दिरा घिमिरे ढुङ्गाना, विद्यालयका अभिभावक रोजिना पौडेल, मङ्गला क्याम्पसका निवर्तमान अध्यक्ष युवराज घिमिरे लगायतले बोलेका थिए ।
२०३७ सालमा स्थापित विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विद्यालयको संस्थापक अध्यक्षका रूपमा हालका राष्ट्रपति रामचन्द्र पौडेल रहेका छन् ।
प्रतिक्रिया