तेस्रो अशोक बास्फोर स्मृति बास्केटवल शुरु, उद्धघाटन खेलमा ब्रदर्श विजयी

शनिबार, ०७ पुस २०८०
धरान / तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल प्रतियोगिता धरानमा सुरु भएको छ । डायनामिक यूथ क्लबको आयोजनामा धरान १६ रङ्गशालास्थित इनडोर बास्केटबल कोर्टमा शनिवारदेखि प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा व्रदस बास्केटबल क्लब विजयी भएको छ। व्रदसले यलम्वर बास्केटबल क्लबलाई ५०–४८ अङ्कको झिनो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो क्वाटरमा यलम्वर ९–८ र दोस्रो क्वाटरमा १२–८ अङ्कले अगाडि रहेको थियो । पहिलो हाफमा २१–१६ अङ्कको अन्तरले अगाडि रहेको यलम्बर मध्यान्तरपछिको तेस्रो र चौथो क्वार्टरमा भने पछि पर्‍यो । मध्यान्तर पछि व्रदसले लय समाउँदै तेस्रो क्वाटरमा १५–१४ र चौथो क्वाटरमा १९–१३ अङ्कले अग्रता लिएर समग्रमा ५०–४८ अङ्कको झिनो अन्तरले विजयी भयो । आज शनिवारनै भएको अन्य खेलमा विराटनगरले तरहरा स्पोर्टस क्लबलाई ६६–३३, चक्रपथ काठमाण्डौले इटहरिलाई २८–२१, होराइजनले धनकुटालाई ६६–३५, इमोर्टलले मिराकललाई ६९–५७ र रेडडेभिल्सले झापा बिर्तामोडलाई २७–२३ अङ्कको अन्तरले पराजित गरेको छ । खेलमा विराटनगरका वर्दन शाहले २५, चक्रपथका सुजन लामाले ७, होराइजनका अर्मत राईले १८, इमोर्टलका सुजन महर्जनले २९ र रेडडेभिल्सका नितेश बस्नेतले व्यक्तिगत १३ अङ्क जोडेका थिए । प्रतियोगितामा धरान, इटहरी, तरहरा, झापा, मोरङ, धनकुटा, काठमाडौँ गरी १२ टिमले सहभागिता जनाएको छ । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, कोसी प्रदेश बास्केटबल सङ्घ उपाध्यक्ष रोशन राई, सुनसरी बास्केटबल सङ्घ अध्यक्ष नारायण सुवेदी, प्रदेश बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, धरान मेघा कलेजका कोअर्डिनेटर चन्द्र वनेम लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार