फिदिम नगर कप : उद्घाटन खेलमामा आयोजक र इलाम भिड्ने

विहीबार, १२ पुस २०८०
 पाँचथर / फिदिम नगर कप फुटबल प्रतियोगिताको पाँचौँ संस्करण शुक्रवार  देखि सुरु हुँदै छ । पाँचौँ संस्करणको उद्घाटनमा आयोजक स्वतन्त्र क्लब पाँचथरले इलामको आरडिएफसीसँग प्रतिस्पर्धा गर्नेछ । फिदिम ७ रानीटारस्थित बराजु रङ्गशालामा हुने प्रतियोगिताको दोस्रो खेल पुस १४ गते योङ ब्वाइज साखेजुङ इलामले झापाको शनिश्चरे एफसीसँग खेल्नेछ भने तेस्रो खेल पुस १६ गते तुर्केनी एफसी झापा र एलएनएफसी पाँचथर बिच हुनेछ । यस्तै, अन्तिम क्वाटर फाइनल खेल पाँचथर फुटबल क्लबले अर्जुनधारा फुटबल क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ । फिदिम नगरपालिकाले प्रवर्द्धन गरेको यस प्रतियोगिताको विजेताले नगद १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको सह आयोजकमा रानी टार युनाइटेड क्लब, डोलो फुटबल क्लब र त्रिवेणी युवा क्लब रहेका छन् । प्रतियोगिताको फाइनल खेल पुस १८ गते हुनेछ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार