‘किसुनजी’ लाई खेलकुदमार्फत सम्झिएको र यसमा कुनै राजनीतिक संलग्नता नरहेको उनले स्पष्ट पारे । पछिल्लो समय देशबाट खेलाडीहरू विदेशिरहेका कारण पनि उनीहरूलाई खेल क्षेत्रमै स्थापित गराउन राज्यले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘खेलाडी विदेशिरहेको अवस्थामा स्थानीय सरकारले आफ्नो ठाउँमा रहेका खेलाडीको संरक्षण गर्न आवश्यक देखिन्छ ।’
इटहरीमा हुने गोल्ड कपहरूले खर्चको पारदर्शिता भएको पाइँदैन भन्ने जिज्ञासामा केसीले भने, ‘खेलकुदमा चासो हुनुपर्छ । हामीले गोल्डकप सकिएको सात दिनभित्रमा सबै खर्च सार्वजनिक गर्नेछौँ । अरूले के गर्छ त्यसबारे जिम्मेवारी लिने कुरा भएन ।’
प्रतियोगितामा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी आयोजकले दिएको छ ।
क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार क्लबले यसअघि विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको बताए । यो प्रतियोगिताले समाजका युवाहरूलाई खेल क्षेत्रप्रतिको आकर्षण बढाउने उनको भनाइ छ ।
यसअघि उक्त क्लबले ‘भेट्रान कप’ आयोजना गरेको उनले स्मरण गरे । ‘भेट्रान कप’ भनेको खेल जीवनबाट ‘रिटायर’ भएकाहरूलाई मन भुलाउन गरिएको र यो प्रतियोगिताले नयाँ पुस्तालाई खेलकुद क्षेत्रमा स्थापित गराउन प्रेरित गर्ने उनले बताए ।
प्रतिक्रिया