काठमाडौं / सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।
शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनीविरुद्धको आरोप पुष्टि गरेको हो ।
उनीमाथि करणी गरेको ठहर भएको छ । सन्दिपले आफूलाई करणी गरेको आरोप लगाउने युवती जसलाई केवल गौशाला २६ (छ) भनेर चिनाइएको छ, उनी नाबालिका रहेको ठहर भएको छ । करणीको सजाय तोक्नका लागि आगामी पुस २५ गतेलाई पेसी तोकिएको छ ।
गत वर्षको भदौ २१ मा काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा सन्दिप विरुद्ध नाबालिगमाथि बलात्कार गरेको उजुरी परेको थियो ।
प्रतिक्रिया