काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल, अनलाइन टीभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमलगायतले सञ्चार माध्यमका रूपमा सञ्चालन हुने युट्युबलाई व्यवस्थित र विश्वसनीय बनाउन जरुरी भएको उल्लेख गरे ।
कार्यक्रममा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले ‘युट्युब र आचारसंहिता प्रश्न’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस्तै काउन्सिलका सदस्य ठाकुर बेलबासेले ‘आचारसंहिताअन्तर्गतका निर्देशिकाहरू,’ सहप्रशासकीय अधिकृत रामशरण बोहराले ‘युट्युब सामग्रीको प्रवृत्ति र व्यवस्थापनमा काउन्सिलको पहलकदमी’ तथा अनलाइन टीभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले ‘युट्युबको अवस्था र आगामी पहलकदमी’ विषयमा क्रमशः कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा करिब ५० वटा युट्युब च्यानलका सञ्चालक÷प्रतिनिधिहरूको सहभागिता थियो ।
प्रतिक्रिया