बिर्तामोडमा तास खेलिरहेका ९ जना पक्राउ

शुक्रबार, १४ कार्तिक २०८२

झापा । झापाको बिर्तामोड नगरपालिका–४ पश्चिम स्टेन नजिक कोठामा तास खेलिरहेको अवस्थामा ९ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रवार बिहानको राति करिब १ बजेर ४५ मिनेटको समयमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा छापा मार्दै तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका–४ का २९ वर्षीय राजकुमार साहले भाडामा लिएको डेरा कोठामा तास खेल भइरहेको जानकारी प्राप्त भएपछि प्रहरी टोली त्यहाँ पुगेर छापा मारेको थियो।

सो क्रममा क्रममा प्रहरीले नगद ७५ हजार ६ सय रुपैयाँ, नखोलेको ७ बुक तास र खोलेको १ बुक तास बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा बिर्तामोड–२ का ३८ वर्षीय रतन राजवंशी, बिर्तामोड–३ का ४० वर्षीय डम्बर बस्नेत, बिर्तामोड–५ का ३६ वर्षीय राजेन्द्र चौधरी, बाह्रदशी–४ का २९ वर्षीय राजकुमार साह, मेचीनगर–२ का २८ वर्षीय नारायण पराजुली, र बिर्तामोड क्षेत्रकै २६ वर्षीय किशोर पराजुली, ४३ वर्षीय उत्तम शिवाकोटी, ४३ वर्षीय  राजन थापा र ४० वर्षीय दिवाकर प्रसाईँ रहेका छन्।

उक्त स्थान इलाका प्रहरी कार्यालय अनारमनीबाट करिब ५०० मिटर पश्चिमतर्फ पर्छ। प्रहरीले तास खेल्नेलाई जुवा तास नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गर्दै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार