यि हुन् रास्वपाका अन्तिम ११० समानुपातिक उम्मेदवार

मंगलबार, १५ पुस २०८२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११० जनाको समानुपातिक सांसदको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

बालेन शाह र कुलमान घिसिङसँगको एकतापछि तयार पारिएको अन्तिम बन्दसूचीमा रास्वपाका सक्रिय पुराना नेतादेखि कलाकार, पत्रकार, अभियन्ता, हिमाल आरोही तथा उद्यमी–व्यवसायीहरू समेत समेटिएका छन्।

बन्दसूचीमा रास्वपाका सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहप्रवक्ता प्रतिभा रावल, केन्द्रीय सदस्य रमेश प्रसाईँ, क्रान्तिशिखा धिताल, प्रमोद न्यौपानेदेखि गायक प्रकाश सपुत र उद्यमी विदुषी राणासम्म अटाएका छन्।

यस्तै, सीएनएनकी पूर्व पत्रकार सुम्निमा उदास, डा. रामजी राम, रञ्जु दर्शना, प्रकाशचन्द्र परियार र समीक्षा बाँस्कोटा पनि रास्वपाको बन्दसूचीमा छन्। यी हुन् रास्वपाको समानुपातिक बन्दसूचीमा रहेका ११० जनाको सूची।

234

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार