काठमाडौँ : नेपाली काँग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि पेस गरेको समानुपातिक सूचीमा कोशी प्रदेशअन्तर्गत आदिवासी समुदायबाट पाँच जना महिलालाई समेटेको छ ।
समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै पार्टीले सुनसरी, इलाम, ओखलढुङ्गा, ताप्लेजुङ र सोलुखुम्बुबाट सक्रिय महिला नेतृहरूलाई समानुपातिक सूचीमा अघि सारेको हो ।
सूचीअनुसार सुनसरीबाट निर्मला गुरुङ, इलामबाट प्रेमिका राना मगर, ओखलढुङ्गाबाट सबिता राई, ताप्लेजुङबाट गीता कुमारी सेन्दाङ र सोलुखुम्बुबाट गीता गुरुङ चयन भएका छन् ।
सुनसरीबाट छनोटमा परेकी निर्मला गुरुङ नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर–१ की सल्लाहकारका रूपमा क्रियाशील छन् ।
इलामकी प्रेमिका राना मगर नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) की केन्द्रीय सदस्य हुन् भने सोलुखुम्बुकी गीता गुरुङ पनि नेविसंघमार्फत लामो समयदेखि सङ्गठन निर्माणमा सक्रिय रहँदै आएकी छन् ।
प्रतिक्रिया