राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज

शुक्रबार, २७ पुस २०८०
काठमाडौँ–राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज गरिने छ । यस्तै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभामा रिक्त १९ पदका लागि मतदान गरिनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार