सप्तरी - सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ बाट गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कंकालिनी न.पा वडा १३ का ४० वर्षीय जप्रुल मन्सुरी, ३५ वर्षीय कैयुजुम मन्सुरी र २५ वर्षीय मो।सम्साद छन् ।
स्थानीयबासी तेज नारायण सिपलिया यादवको गोरु हराएपछी खोजतलासको क्रममा गोरु काटेर खाएको स्वीकार गरेपछि तीनै जनालाई स्थानीयको सहयोगमा पक्राउ गरि प्रहरीको जिम्मा लगाएको वडा नम्बर ८ का वडाध्यक्ष अजय यादवले बताए ।
यस सम्बन्धमा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिद्वी बज्राचार्यका अनुसार पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय हनुमाननगरको हिरासतमा राखी अनुसन्धान भइरहेको उनले जानकारी दिए । यस्तै, गोरु काटेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
वडाध्यक्ष यादवका अनुसार पक्राउ परेका ती नैजना यसअघिपनि चौपाया चोरी गर्ने र बेपत्ता पार्ने घटनामा संलग्न रहदै आएकोे जानकारी दिए। गाई, गोरु ,भैँसी, खसी लगायतका चौपाया चोरेर काटेर खाने तथा जिउँदै बेचविखन गर्ने कार्यमा आरोपीहरु संलग्न रहने गरेको वडाध्यक्ष यादवले बताए ।
साभार ः गोरखापत्र अनलाइन
प्रतिक्रिया