इशनाथ नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा खोला, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखापस्थित एपीएफको बोर्डर आउटपोस्ट र दक्षिणमा जयनगर प्रहरी चौकी रहेको क्षेत्रमा कर्फ्यु लगाइएको जिल्ला प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
कफर्यु लगाइएको क्षेत्रमा भेला हुन, हिँडडुल गर्न, जुलुस तथा ¥याली निकाल्न बन्देज गरिएको आदेशमा उल्लेख छ ।
झडप भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रौतहटको उक्त क्षेत्रमा विगतमा पनि यस्ता घटना हुँदै आएका छन् ।
प्रतिक्रिया