इलाम / १४औँ राष्ट्रपति रनिङ सिल्डको जिल्ला स्तरीय प्रतियोगिता माङ्सेबुङमा हुने भएको छ । फागुन १२ देखि १४ सम्म हुने प्रतियोगिता गाउँपालिका–२ स्थित डोलटार खेलमैदानमा हुने भएको हो ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने भएको हो । छात्र र छात्रा गरी बेग्लाबेग्लै विधामा प्रतिस्पर्धा हुने जनाइएको छ।
प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी र मार्सल आर्टका ३० खेल हुने समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए । एथलेटिक्समा दौड (ट्र्याक) र उफ्रने–फ्याँक्ने (फिल्ड) प्रतियोगिता हुनेछ ।
मार्सल आर्टतर्फ तेक्वान्दो, उसु र कराँते प्रतियोगिता हुनेछ ।
जिल्लाका १० वटै पालिकाको सहभागिता रहने प्रतियोगिता माङ्सेबुङ गाउँपालिकाको ब्यवस्थानमा हुने जनाइएको छ । सबै पालिकाले पालिकामा प्रतियोगिता गरेर खेलाडी छनौट गरिसकेका छन् ।
‘
प्रतियोगिता सञ्चालन गर्न माङ्सेबुङमा सब खाले तयारी गरिएको आयोजकले जानकारी दिएको छ ।
विद्यालय स्तरमा आयोजना गरिने प्रतियोगितामा २०६३ सालपछि जन्मिएका खेलाडी मात्र सहभागी गराइने छ ।
जिल्ला खेलकुद विकास समिति इलाम गत वर्षको प्रतियोगिताबाट कोसी प्रदेशकै सर्वोत्कृष्ट भएको कार्यालय प्रमुख नारायण भट्टराईले बताए ।
फाकफोकथुम गाउँपालिकाले प्रतियोगिताको कुशल व्यवस्थापन गरेको जनाइएको छ । प्रतियोगिता सञ्चालनका लागि सबै खालको तयारी अन्तिम चरणका पुगेको बताइएको छ ।
प्रतिक्रिया