पाचौँ मिस्टर भिजन शारीरिक सुगठनको तयारी पुरा

शुक्रबार, १८ फागुन २०८०
धरान । भिजन फिटनेसको आयोजनामा यही फागुन १९ गते शनिवार हुन लागेको धरान उपमहानगर स्तरीय पाचौ मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतिगोयतामा धरान उपमहानगरपालिका भरिका फिटनेस सेन्टरबाट १८ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने भएको आयोजकले जनाएको छ । ५५ केजीमा ५ जना , ६० केजीमा ५, ७० केजीमा ४ र ७५ केजी तौल समूहमा ४ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्न लागेको हो । प्रतियोगिताका विजेता खेलाडीले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । क्रमशः दोस्रो, तेस्रो र चौथो हुनेले नगद २५ हजार, १५ हजार, १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी व्यक्तिगन उपाधि तर्फ वेस्ट पोजर, वेस्ट इम्प्रुभमेन्ट, वेस्ट मस्कुलर र वेस्ट टिम उपाधि विजेताले जनही नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस अघिको मि। भिजन प्रतियोगितामा भिजन फिटनेसका खेलाडीहरूले मात्र प्रतिस्पर्धामा भाग लिन पाउँथे भने पाचौमा धरान उपमहानगरपालिका भरिका खेलाडीहरूले प्रतिस्पर्धा गर्न पाउने भएको छ । प्रतियोगितामा पूर्व विजेताहरूले सहभागिता हुन नपाउने र प्रतियोगिता धरान १३ स्थित वेन्क्वीट पार्टी प्यालेसको हलमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार