इटहरीमा फागुन २६ गते देखि अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिता हुँदै

सोमबार, २१ फागुन २०८०
इटहरी /  इटहरीमा चौथो आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सोमबार इटहरी ५ को मदानी होटेलमा पत्रकार सम्मेलन गर्दै यही फागुन २६ गते देखी हुने चैत ३ गते सम्म अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिता हुन लागेको जानकारी दिइएको हो । जनता बहुमुखी क्याम्पसको खेलमैदानमा ८ दिन सम्म चल्ने प्रतियोगिताको आयोजक हाम्रो इटहरी भेट्रान क्लब रहेको छ । ९ वटा टिमहरू सहभागी हुने प्रतियोगितामा ८ वटा टिम नेपालको र १ वटा टिम भारतबाट रहने जानकारी पत्रकार सम्मेलनमा दिइयो । आयोजक टिम हाम्रो इटहरी भेट्रान क्लब , मिल्स भेट्रान विराटनगर, हाम्रो धरान भेट्रान सुनसरी , विराट मेघा स्पोर्ट्स एकेडेमी भेट्रान विराटनगर , राजारानी भेट्रान धनकुटा, उर्लाबारी भेट्रान मोरङ, दमक लखनपुर भेट्रान झापा, दुधे भेट्रान झापा र रियल फ्रेन्डस भेट्रान सिक्किम भारत बिच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष निर्मल तामाङले जानकारी दिए । प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार रुपैयाँ र उपविजेतालाई ६१ हजार रुपैयाँ प्रदान गरिने जानकारी पत्रकार सम्मेलनमा दिइयो । रकमको साथमा ट्रफी र मेडल पनि प्रदान गरिने छ । प्रत्येक खेलमा मेन अफ् द म्याच , उत्कृष्ट,उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार र मेडल प्रदान गरिने तामाङले  बताए । प्रतियोगिताको संयोजन इटहरी उपमहानगरपालिकाले गर्नेछ भने  संरक्षकको रूपमा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश रहेको छ । यसैगरी प्रतियोगितालाई राष्ट्रिय जागृति क्लब इटहरी र सुनसरी जिल्ला फुटबल सङ्घले प्राविधिक सहयोग गर्नेछ भने मिडिया संयोजकको रूपमा गोल नेपाल रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार