झापा गोल्ड कपको पहिलो क्वार्टर फाइनल खेल आज

सोमबार, २१ फागुन २०८०
काठमाण्डौ / झापा गोल्ड कपमा आज पहिलो क्वार्टर फाइनलको खेल हँदैछ । बिर्तामोडमा रहेको डोमालाल राजवंशी मैदानमा जारी खेलको क्वार्टर फाइनलमा सशस्त्र प्रहरीको एपीएफ र सर्लाहीको बाग्मती युवा क्लब खेल्दैछन् । खेल दिउँसो २ बजेपछि शुरु हुनेछ । १० वटा टोली सहभागी प्रतियोगिताको विजेताले १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताकोे फाइनल खेल यही फागुन २८ गते हुने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार