तस्बिरःफाइल
यता पीडित इन्दिरा बस्नेतले पैसा फसेर बिल्लिबाठ हुने अवस्था आएपछि आफू मानसिक रूपमै समस्यामा परेको बताइन् । स्थानीय पीडित भीमबहादुर चौहानले गाउँलेहरूलाई प्रलोभनमा पारेर ती महिलाले ठगी गरेकोबारे कसैलाई थाहै नभएको बताए ।
‘‘एकले अर्काको बारेमा थाहै भएन । त्यही भएर सबैको पैसा फसेको रहेछ,’ उनले भने, ‘हेर्दा विश्वास गर्न लायक भए पनि व्यवहारमा त्यसो रहेनछ । गाउँले सबै ठगिँदा मात्रै थाहा भयो ।’ सपनाबाटै यसरी ठगिनेमा स्थानीय तारा विष्ट, अस्मिता गुरागाईँ, प्रेमदिकी शेर्पा, तारा चौहान, टीका चौहान, चन्द्रकला राई, शारदा श्रेष्ठ, कुमारी भण्डारी, अरुण भण्डारी, बद्री कार्की, मनमाया थापा लगायत छन् ।
म सँग पैसाको कारोबार भएको छ भनेर कसैलाई नसुनाउनु’ भनेर सपनाले गाउँलेसँग पैसा उठाउने गरेको पीडितहरू बताउँछन् । श्रीमान् र दुई छोराहरूसँग बस्दै आएकी सपना फरार भएको गत असोज १५ गते एक वर्ष पूरा भएको छ । तर, फरार रहेकी सपनाको अत्तोपत्तो नहुँदा पीडितहरू समस्यामा परेका छन् ।
यता, यस विषयमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) मान बहादुर राईले आफू भर्खर मात्र प्रहरी कार्यालय धरान आएको बुझेर जानकारी दिने बताए ।
प्रतिक्रिया