करेन्ट लागेर माईका ३१ वर्षीय कुमारको मृत्यु

मंगलबार, ०१ जेठ २०८१
इलाम / गए राती करेन्ट लाग्दा इलाम माई नगरपालिका–६ मा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर माई नगरपालिका ६ का ३१ वर्षीय शक्तिकुमार राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार काबेली करिडोरको ट्रान्सफर्मर जडान गर्ने क्रममा राईलाई करेन्ट लागेको थियो करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि माई अस्पताल पुर्याईएको थियो । सोही अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार