स्वर्गीय जीत बहादुर रम्तेल स्मृति प्रतिष्ठानद्वारा ७ जनालाई सम्मान

आइतबार, ०९ कार्तिक २०८२

पाँचथर : पाँचथरको फिदिम १० मा अवस्थित स्वर्गीय जीत बहादुर रम्तेल स्मृति प्रतिष्ठानले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका ७ जनालाई सम्मान गरेको छ।

प्रतिष्ठानले सार्वजनिक कार्यक्रम आयोजना गर्दै प्रतिष्ठानका विशिष्ठ सदस्य, लोक सेवा आयोग, शिक्षक सेवा आयोग र अन्य संघ संस्थामा उत्तीर्ण भएका विद्यार्थीहरू तथा यस वर्षको एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको हो।

कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष बिनय रम्तेलले गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक लक्ष्मीप्रसाद बुडाथोकी, फिदिम–१० का वडाध्यक्ष ओमराज थाम्सुहाङ, प्रतिष्ठानका सल्लाहकार हेटनारायण रम्तेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार