यसैगरी भदौ २४ गते पार्टी कार्यालयमा जिल्ला सम्मेलन गरिने र त्यसअघि तहगत सम्मेलनहरू गर्नुपर्ने निर्णय भएको छ । निर्णयअनुसार साउन ७ गतेदेखि २१ गतेसम्म जिल्लाभर रहेका १२४ वटै वडाको सम्मेलन सम्पन्न गर्नुपर्नेछ । त्यसैगरी साउन २२ गतेदेखि ३१ गतेसम्म १२ वटै पालिका सम्मेलन, भदौ १ देखि ८ गतेसम्म प्रदेशसभा सम्मेलन र भदौ ९ देखि १५ सम्ममा क्षेत्रीय सम्मेलन सम्पन्न गरिसक्नुपर्ने निर्णय भएको साहले जानकारी दिए ।
‘हामीले वडा सम्मेलन सफल पार्नका निम्ति सबै वडामा प्रतिनिधि पठाउने पनि निर्णय गरेका छौँ,’ उनले भने, ‘बुधवारको बैठकमा तहगत समिति सम्मेलन र बिपी स्मृति दिवससहित सामयिक विषयमा वक्ताहरूले आफ्ना धारणा राखेपछि विविध निर्णय गरिएको हो ।’
प्रतिक्रिया