कार्यपालिका बैठकपछि दिउँसो ३ बजे भएको नगरसभाले कुल बजेटमा ४२ करोड ९७ लाख ६ हजार आन्तरिक स्रोत आय अनुमान गरिएको छ ।
आन्तरिक राजश्वबाट ४८ करोड ४१ लाख ३४ हजार २८०, सङ्घीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान ६ करोड ४० लाख ६४ हजार सघीय राजश्व बाँडफाँडबाट २१ करोड ३४ लाख प्रदेश राजश्व बाँडफाँडबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ ।
उक्त अनुमान मध्ये २० वटै वडा तर्फ २१ करोड तथा सम्झौता तथा कार्यक्रम सम्पन्न भई भुक्तानी हुन नसकेको क्रमागत आयोजनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा विषयगत तर्फ सहरी योजना तथा भौतिक पूर्वाधार विकासमा ४५ करोड ८२ लाख २९ हजार, शिक्षा युवा तथा खेलकुदमा ४६ करोड २६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
स्वास्थ्यमा ८ करोड ३ लाख ८४ हजार, सामाजिक विकासमा ४ करोड ४१ लाख, आर्थिक विकासमा १ करोड ८४ लाख ९४ हजार, वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनमा १ करोड ४० लाख, पर्यटनमा ९० लाख ५० हजार विनियोजन गरिएको छ ।
सूचना तथा सञ्चारमा २५ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनमा १० लाख, सार्वजनिक जग्गा संरक्षणमा २० लाख, राजश्व परिचालनमा २३ लाख, वडा पूर्वाधार निर्माण कार्यक्रममा २५ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी मेयर भिजन कार्यक्रममा ५ करोड, उपमेयर भिजन कार्यक्रममा ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतिक्रिया