अन्तरक्रियालाई वरिष्ठ अधिवक्ता यदुनाथ खनालले सहजीकरण गरेका थिए । उनी नेपाल बार एसोसिएसन तथा सर्वोच्च बार एसोसिएसनका देवानी समिति संयोजक एवम् देवानी समितिका मस्यौदाकार समेत हुन् ।
उनले मुलुकी देवानी कार्यविधि संहिता र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ समेतको कार्यान्वयनमा देखा परेका समस्या समाधानका विषयमा चर्चा गरेका थिए ।
उच्च अदालत बार एसोसिएसन इलामका अध्यक्ष उत्तम पौडेलको अध्यक्षता तथा नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा उच्च अदालत विराटनगर इलाम इजलासका न्यायाधीश किरण पौडेल, डिएलएका देवानी संयोजक तथा अधिवक्ता दिव्यराज घिमिरे, जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरे, वरिष्ठ अधिवक्ता जसबहादुर लुंगेली लगायतको सहभागिता रहेको बार एसोसिएसन इलामका सचिव लोकबहादुर तामाङले जानकारी दिए ।
प्रतिक्रिया