रंगेलीमा नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु

बुधबार, १२ भदौ २०८१
विराटनगर । नुहाउने क्रममा पोखरीमा डुबेर मोरङको रंगेलीमा बुधबार बिहान १ जनाको मृत्यु भएको छ । रंगेली नगरपालिका–१ दुर्गापुरका ५५ वर्षीय सत्यनारायण साहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार बिहान ११ बजेतिर नुहाउने क्रममा साह स्थानीय जनकलाल ठाकुरको पोखरीमा डुबेका थिए । पोखरीमा डुबेका साहलाई खोजी गर्ने क्रममा मृत फेला पारिएको थियो । स्थानीयको सहयोगमा प्रहरीले शवलाई पोखरीबाट बाहिर निकालेको छ । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाउने तयारी भइरहेको छ । घटनाको अनुसन्धान थालिएको प्रहरीले जाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार