विराट पोखरीमा डुबेर बालकको मृत्यु, धान खेतमा वृद्धको शव फेला

बुधबार, १२ भदौ २०८१
विराटनगर : विराट राजाको दरबार क्षेत्रमा रहेको पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१८ स्थित विराट पोखरीमा डुबेर १६ वर्षीय करण मण्डलको बुधबार दिउँसो डुबेर मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगर–१८ घर भएका मण्डल पौडी खेल्ने क्रममा दिउँसो २ बजेतिर पोखरीमा डुबेर बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा दिउँसो ४ः४५ बजेतिर शव फेला परेको उनले बताए । प्रहरीकाअनुसार शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता, मोरङको पथरीशनिश्चरे नगरपालिका–४ नयाँ सोमबारेस्थित धानखेतमा वृद्ध पुरुषको शव फेला परेको छ । ७४ वर्षीय डिल्लीप्रसाद लिम्बूको आफ्नै घर पछाडि रहेको धान खेतमा उनको बुधबार बिहान ७ बजेतिर शव फेला परेको हो । शवलाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगिएको छ । प्रहरीकाअनुसार लिम्बूको मृत्युको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार