बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका ५ लक्ष्मीपुरमा ट्रकको ठक्करबाट साइकलमा सवार वृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार उदपुरबाट सुनसरीको कालाबञ्जारतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९१०४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट साइकल यात्री ४५ वर्षीय गुन्जा चौधरी र साइकलको पछाडि सवार उनकी आमा उदयपुरको बेलका नगरपालिका–१ बस्ने ८० वर्षीया लक्ष्मीदेवी चौधरी घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्थाकी लक्ष्मीदेवीको उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेकामध्ये आमाको मृत्यु भएको र छोराको उपचार भइरहेको छ । ट्रक र चालक मोरङको कानेपोखरी गाउँपालिका ५ का ३० वर्षीय वीरबहादुर घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया