चन्दन रौनियार/ दुहबी : प्याब्सन सुनसरीद्वारा आयोजित प्राथमिक तहको जिल्लास्तरीय खुला चित्रकला प्रतियोगितामा महेन्द्र मेमोरियल एकेडेमीमा अध्यनरत छात्रा एलिना खातुन र एलिशा खातुन क्रमशः प्रथम र द्धितीय भएका छन् ।
जिल्ला भरीबाट २१ जना छनोट भएका प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनीहरू प्रथम र द्धितीय भएका हुन् ।
यसैगरी सिद्धार्थ स्कुल कालाबन्जरकी प्रनिशा खड्का तृतीय भइन् भने इटहरीको पाथीभरा बोर्डिङका रोनी सापकोटा शान्तवना हुँदै पुरस्कृत भए ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका शिक्षा खेलकुद शाखा प्रमुख गणेशबहादुर खतिवडाले सहभागी विद्यार्थीहरूलाई पुरस्कृत गरेका थिए ।
धरानस्थित विजयपुर कलेजमा भएको चित्रकला प्रतियोगितामा कक्षा ५ सम्मका विद्यार्थीलाई सहभागी गराइएको प्याब्सन सुनसरीका कार्यबाहक अध्यक्ष थानेश्वर ढकालले जानकारी दिए ।
यससँगै महेन्द्र मेमोरियल एकेडेमीमा अध्यनरत छात्राद्धयलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिन् प्रिन्सिपल निश्चलराज शाक्यले बताए ।
प्रतिक्रिया