भारतबाट ल्याउँदै गरेको पटका बरामद

शनिबार, ०५ असोज २०८१
विराटनगर । भारतबाट ल्याउँदै गरेको पटका सशस्त्र प्रहरीले मोरङको रंगेलीदेखि बरामद गरेको छ । सशस्त्रले विभिन्न प्रकारका पटका शनिबार बिहान ७ बजेतिर बरामद गरेको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काका अनुसार भारतबाट ल्याउँदै गरेको पटका रंगेली नगरपालिका–६ बाट बरामद गरिएको छ । प्रतावित सीमा सुरक्षा गुल्म सोराभागबाट खटिएको डीएसपी विश्वनाथ जीसी नेतृत्वको टोलीले पटका नियन्त्रणमा लिएको हो । भारतबाट ३ जना व्यक्तिले टाउकोमा बोकेर पटका ल्याउँदै गर्दा सशस्त्रले फेला पारेको थियो । एसपी खड्काले सशस्त्रलाई देख्नसाथ पटका छाडेर उनीहरु फरार भएको जानकारी दिए । पटका ३ लाख ९१ हजार ५ सय मूल्य बराबरको रहेको उनको भनाइ छ । बरामद गरिएको पटका नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ । चाडपर्व नजिकिएसँगै भारतबाट अवैध रूपमा पटकाहरु भित्रिन थालेका छन् । सुरक्षाकर्मीलाई छलेर पटका भित्राउने गरिएको हो । पटका नियन्त्रणमा लिन र भित्रिन नदिन नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको एसपी खड्काको भनाइ छ । खड्काले पटका ओसारपसारलगायत सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरीलगायतका निकायसँग समेत समन्वय भइरहेको उल्लेख गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार