ऐतिहासिक पदक विजेता एरिका गुरुङ स्वदेश फिर्ता

मंगलबार, ०८ असोज २०८१
काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङस्वदेश फर्किएकी छन् । मंगलबार च्याम्पियनसिपमा रजत पदक जितेकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो । चीनको हाङचाउमा भएको प्रतियोगिताको महिला ६८ केजी तौल समूहमा नेपाली कराँते खेलाडी भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भइन् । तर एसियाली कराँतेको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालले पहिलो पटक पदक जितेको हो । एक वर्षअघि हाङचाउमै भएको १९ औं एसियाली खेलकुदको कराँतेमा पनि उनले रजत पदक जितेकी थिइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार