कोशी प्रदेशका स्वास्थ्यकर्मीहरूबिच भएको फुटसल प्रतियोगितामा घोपा फार्मेसी धरान प्रथम

आइतबार, १३ असोज २०८१
इटहरी : इटहरीमा कोशी प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै १ दिवसीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार इटहरी ५ काव्यबाटीकामा रहेको पाथीभरा फुटसलमा प्रतियोगिता सम्पन्न भएको हो । डाक्टर एसोसिएसन इटहरीको आयोजनामा सुरु भएको कार्यक्रममा १३ वटा टिमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष डाक्टर कृष्ण प्रसाद नेपालले जानकारी दिए । प्रतियोगितामा घोपा क्याम्प फार्मेसी धरान पहिलो र नाम्सरा धरान ए दोस्रो भएको छ । पहिलो हुने टिमले नगद रु २१ हजार १ सय ११ रुपैयाँ नगद ,मेडल र ट्रफि प्राप्त गरेको छ भने दोस्रो हुने टिमले ११ हजार १ सय ११ रुपैयाँ नगद मेडल र ट्रफी प्राप्त गरेको अध्यक्ष नेपालले बताए । स्वास्थ्य नै धन हो भन्ने कुरालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष नेपालले बताए । स्वास्थ्यकर्मीहरू बिचको कार्य व्यस्तताले गर्दा एक अर्कालाई नचिन्ने र भाइचाराको भावनामा समेत कमी आएकाले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष नेपालले बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार