अमेरिकाविरुद्धको टि–२० सिरिज : सन्दीप बिना नेपालको चुनौतीपूर्ण यात्रा

बुधबार, ३० असोज २०८१
काठमाडौँ : नेपाल र अमेरिका बीचको तीन टि–२० अन्तर्राष्ट्रिय सिरिज शुक्रबारदेखि सुरु हुँदैछ। नेपालले पहिलो खेल यसै शुक्रबार खेल्नेछ, दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुने तय भएको छ । सबै खेलहरू अमेरिकाको डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा बिहान ५ः४५ बजे नेपाली समयअनुसार हुनेछ। यो सिरिजमा नेपाल आफ्नो स्टार बलर सन्दीप लामिछाने बिना खेल्न लागेको छ। सन्दीप भिसा समस्याका कारण अमेरिका आफ्नो टोलीसँग जान सकेनन्। अमेरिका जान नसकेपछि उनले आफ्नो फेसबुक वालमा “नियन्त्रण बाहिरका परिस्थिति” लेखेका छन् । नेपालको लागि यो सिरिज महत्वपूर्ण मानिएको छ । खासगरी ठूलो प्रतियोगिताको तयारीका लागि पनि यो सिरिज महत्वपूर्ण हुने बताइन्छ । नेपालको टिमले सन्दीपको अनुपस्थितिमा बलिङ विभागमा कसरी प्रदर्शन गर्छ भन्ने विषय चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार