डडेल्धुरा : नेपाली काँग्रेसका नेता नैनसिंह महरले जनतामा छाएको निराशालाई आशामा बदल्न सरकार जनअपेक्षा अनुसार चल्नुपर्ने बताएका छन्।
नेपाली काँग्रेस जिल्ला कार्य समिति डडेल्धुराले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेता महरले सरकारको सय दिने हनिमुन अवधिको समीक्षा गर्दा सरकारले खासै सफलता हात पार्न नसकेकोले ससंदको सबभन्दा ठुलो पार्टी काँग्रेसले मुख दर्शक भएर बस्नुको औचित्य नभएको बताए।
सरकारका सफलता र असफलतासँग मुख्य रूपमा काँग्रेसको प्रतिष्ठा जोडिएकोले काँग्रेसले सञ्चालन गरेको देशव्यापी अभियानमा सरकारका प्रति जनता सन्तुष्टिको समीक्षा हुने र त्यस पछाडि पनि सरकार जनअपेक्षा अनुसार चल्ननसके काँग्रेसका अगाडी नयाँ कदम चाल्नु पर्ने अवस्था आउन सक्ने महरको भनाई थियो।
नेपाली काँग्रेस शिक्षा विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य महरले एक फरक प्रसङ्गमा संविधानमा लेखिएको निशुल्क स्वास्थ्य र शिक्षा प्राप्त गर्ने जनताको हक कार्यान्वयन गराउन देशका १६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसले बिम्बात्मक अभियान मङ्सिरको पहिलो हप्ताबाट सुरु गर्ने समेत उनले बताए ।
प्रतिक्रिया