रास्वपा पार्टी कार्यालयमा कार्यकर्ताको धर्ना

शनिबार, २४ कार्तिक २०८१
काठमाडौँ  :  राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले पार्टी कार्यालयमै धर्ना दिएका छन्।
शनिबार केन्द्रीय समितिको बैठक बस्नुअगाडि उनीहरुले पार्टी सभापति रवि लामिछाने पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै कार्यलयमै धर्ना दिएका हुन्। उनीहरुले कार्यालयभित्रै प्लेकार्डसहति प्रदर्शन गरेका छन्। उनीहरुले ‘कि संकटमा पार्टी सम्हाल, कि ठाउँ छोड, पार्टी एकता देशको आवश्यकता हो, रविका नामबाट नेता र सांसद बन्नेहरु रविलाई संकट पर्दा पछि हट्नु धोका हो, रविले नाम दिए, रविलाई पर्दा साथ नदिने, आन्दोलनले नयाँ नेतृत्व, नयाँ संविधान र नेपालीमा आशा दिनेछ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। यस्तै, उनीहरुले ‘समयले परिवर्तन खोजेको छ, आन्दोलनको विकल्प छैन, आफ्नै नेतालाई नो नट अगेन भन्ने दिन नआओस्, निर्णायक आन्दोलनको विकल्प छैन, रविको न्याय, सहकारी पीडतको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेलमा नकोचेसम्म आन्दोलन जारी रहन्छ, देशले २२ दिनदेखि एउटा आँटिलो र गतिलो नेता खोजिरहेको छ’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार