यसैगरी नेकपा एकीकृत समाजवादीबाट डा.शंकरप्रसाद खतिवडा र वीरबहादुर तामाङको नाम छ। यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउत र परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम समेत सहभागीको सुचिमा छ । यस्तै जसपाबाट भरत गुरुङको नाम समावेस छ। उनीहरु केही आज कम्बोडिया पुग्दै छन ।
कम्बोडियामा हुने कार्यक्रमको विहीबार साँझ उद्घाटन हुने कार्यतालिका छ । उद्घाटनपछि डीनर आयोजना गरिएको छ भने भोलि(शुक्रबार) विभिन्न चार सत्रमा मुख्य छलफल हुनेछ ।
कार्यक्रममा भोलिबाट चार वटा सत्रमा विभिन्न विषयमा छलफल हुनेछ। मिडिया फोरममा विश्वमा शान्तिका लागि भएका काम र प्रयासबारे एउटा सत्रमा छलफल हुनेछ।
यस्तै संस्कृति र विविधताका विषयमा अर्को छलफल हुनेछ भने नेतृत्वका सम्बन्धमा फरक छलफल हुनेछ। यस्तै फेक न्युज तथा सामाजिक संजालका सकारात्मक र नकारात्मक पक्षका विषयमा अर्को छुट्टै समुहगत छलफल हुनेछ।
कार्यक्रममा भारत र चीनबाट समेत राजनीतिक दलका नेताहरु सहभागी भएका छन। प्राप्त सुचना अनुसार भारतबाट भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबाट कोही पनि सहभागी भएका छैनन्। अन्य दलबाट भने सहभागी छन।
एसियाका अन्य मुलुक तथा ल्याटिन अमेरिकाबाटसमेत विभिन्न राजनीतिक दलका नेताहरु कार्यक्रममा सहभागी हुन पुगेका छन। कांग्रेस नेतृ कोइरालाले कार्यक्रमसकेर २४ नोभेम्बरमा स्वदेश फर्किने तालिका रहेको बताइन।
आफुलाई अभियन्ता बताउने दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली लगायतका एमाले नेताहरुले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने भ्रमपुर्ण हल्ला फिजाएका थिए। त्यसपछि लगत्तै नेताहरुको कम्बोडिया भ्रमण हुँदा सामाजिक संजालमा चासो देखिएको थियो।
प्रसाईं भने हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन । – नेपाल न्यूज बैंकका लागि महेश्वर गौतमको सहयोगमा
प्रतिक्रिया