भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

आइतबार, ०६ पुस २०८२
बौद्धस्तूप

भोजपुर: भोजपुरको पाँचधारेमा धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिदै काठमाडौंको बौद्धनाथ स्तूपाकै शैली बौद्धस्तुप निर्माण गरिएको छ । टेम्केमैयुङ गाउँपालिका वटा नम्बर ९ पाँचधारेमा धार्मिक  पर्यटकीय गतिविधि वढाउने उद्धेश्य सहित बोद्धस्तूप निर्माण गरिएको हो । 

सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त २७ लाख रुपैयाको लागतमा स्तूप निर्माण गरिएको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ वडाध्यक्ष नवराज माङ्पाहाङ्गले जानकारी दिए । उनले  काठमाडौँमा रहेको बौद्धनाथ स्तूपको शैली र आकारलाई आधार मानेर यहाँ बौद्धस्तूप निर्माण गरिएको समेत वताए । 

खोलुखुम्बु क्षेत्रबाट दक्ष कालीगढ ल्याएर काम सम्पन्न गरिएको वताउदै वडाध्यक्ष माङ्पाहाङ्गले यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका साथै बौद्ध धर्मावलम्बी समुदायलाई लक्षित गरी स्तूप निर्माण गरिएको जनाए । 

“धार्मिक तथा प्राकृतिक सौन्दयका कारण प्रचुर पर्यटन प्रवद्र्धनको  सम्भावना भएकाले स्तूप निर्माण गरेका हौँ , पाँचधारे प्राकृतिक, धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको क्षेत्र हो । स्तूप निर्माणले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने हामीले विश्वास लिएका वडाध्यक्ष माङ्पाहाङ्ग वताउछन ।  स्तूपसँगै यहाँ सिँढी वनाएर पदयात्राका लागि समेत सहज वनाइएको छ । 

निर्माण भएको स्तूप २६ फिट लम्बाइ, २६ फिट चौडाइ र २१ फिट उचाइको रहेको उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार राईले जानकारी दिए । वडाको पहलमा निर्माण भइरहेका भौतिक संरचनाले पाँचधारे क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने स्थानीयहरु वताउछन । 


टेम्केमैयुङ गाउँपालिका कृषि र पर्यटन दुवै दृष्टिले प्रशस्त सम्भावना रहेको क्षेत्र हो भन्दै उपाँध्यक्ष रमादेवी राईले गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा गाउँपालिकाले जोड दिइएको वताइन । कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर विकासका कार्यक्रम सञ्चालन गरिरहेको समेत उपाध्यक्ष राईले जानकारी दिइन । स्थानीयवासीको जीविकोपार्जनका लागि  कृषि र पर्यटन प्रवद्र्धनलाई गाउँपालिकाले जोड्दिदै आएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार