विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष साङ्गे यल्मुले बताए । उनका अनुसार गएको वर्ष ए डिभिजन क्लबको एउटा मात्र टिम रहेको भए पनि यस वर्ष सबै ए डिभिजनका टिमहरूको सहभागिता गराइने छ ।
प्रतियोगितामा करिब ८० लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजक समितिका सदस्य तथा टिम व्यवस्थापक निरोज खड्गीले बताए । प्रतियोगिताको मुख्य प्रायोजकबाट २० लाख रुपैयाँ र तथा गेट मनीबाट १८ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
विभिन्न सरकारी, गैरसरकारी सङ्घसंस्था तथा व्यक्तिहरूबाट समेत सहयोग जुटाउने काम भइरहेको बताइएको छ । गत वर्ष माघमा भएको पहिलो संस्करणमा एनआरटीले उपाधि जितेको थियो ।
प्रतिक्रिया