बिहान ५ बजेदेखि १० बजेसम्म र दिनको ३ बजेदेखि साँझ ७ बजेसम्म भक्का बेच्दै आएको उनी बताउँछिन् ।
‘काममा जाने आउने मानिसहरूदेखि विद्यार्थीहरूसमेत भक्का खान मन पराउँछन्,’ उनी भन्छिन्, ‘त्यसैकारण पनि धरानलगायत तराई क्षेत्रको अधिकाशं गल्लीहरूमा बेचिन्छ ।’
जाडो मौसममा धेरैले भक्का मन पराउने भएकोले भक्काको व्यापार राम्रो हुने गरेको उनी बताउँछिन् । पहिला ५ रुपैंयामा बेचिने भक्का अहिले महगींले गर्दा २० रुपैंयामा बेच्दै आएको उनको भनाइ छ ।
दैनिक दुई देखि तीन हजार रुपैयाँको भक्का बिक्री गरेको भएपनि पाँच सय देखि सात सयसम्म मात्रै व्यापार हुने गरेको उनी बताउँछिन् ।
खासगरी भक्का अचारसँग खाने प्रचलन छ ।
पछिल्लो समय भक्का कुनै समुदायको पहिचान झल्काउने खानामात्र नभएर धेरैका लागि आम्दानीको स्रोत पनि बन्दै गएको छ ।
प्रतिक्रिया