निर्वाचनमा बालबालिका, अपाङ्गता भएका व्यक्तिको प्रयोग, सरकारी सवारी साधनको प्रयोग व्यापक रूपमा छ । जुन निर्वाचन आचारसंहिता विपरीतका कार्य हुन् ।
मौनअवधि सुरु हुनै लाग्दा सो समयमा झन् चनाखो बन्नुपर्ने त्यहाँका जानकारहरू बताउँछन् । उम्मेदवार किनबेच, पैसा बाढ्ने नियति यहाँ बढ्ने हुँदा त्यस तर्फ पनि ध्यान दिनुपर्ने आवस्यक्ता रहेकोमा उनीहरूको जोड छ । उम्मेदवारको तडकभडक हेर्दा यहाँ चुनाव जित्नका लागि खर्चको खोला बगाएको अवस्था छ , एक स्थानीयले भने, हाम्रो मत भनेको गोप्य हुन्छ ।’
निर्वाचनमा जित्नकालागि जस्तो सुकै कदम चाल्न खोज्ने दलहरू प्रति आचारसंहिता जारी गर्ने आयोग नै बेखबर जस्तै हुन्छ । खुल्लम खुल्ला पर्चा पम्प्लेट झन्डा देख्दा समेत आयोग सूचना गर्न भन्छ ।
आचारसंहिताका सन्दर्भमा आयोगले अनुगमन गरिरहेको निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्याल बताउँछिन् । प्रदेशखबर संगको कुराकानीमा उनले भनिन् ‘आचारसंहिता पालना गर्ने जिम्मेवारी राजनीतिक दल उम्मेदवार, मतदाता, सञ्चार माध्यम सबैको हुन्छ, आचारसंहिता विपरीतका कार्य गर्नेलाई हामी गाम्भीर्यताका आधारमा कारबाहीको दायरामा ल्याउँछौँ ।
पोखरेलले यस्ता घटना भएका खण्डमा आयोगमा सूचना गर्न समेत आग्रह गरेकी छिन् । मौन अवधिमा हुन सक्ने सम्भावित घटनाहरूका बारेमा आयोगको अनुगमनका सन्दर्भको प्रश्नमा उनले भनिन्, ‘निर्वाचन भनेको स्वच्छ हुनुपर्छ । हामीले सूक्ष्म रूपमा आयोगका कर्मचारी खटाएका हुँन्छौं । निर्वाचनलाई सहज बनाउन तपाई सबैको कर्तव्य पनिहो । तर, आयोगले उल्लङ्घन गर्नेमाथि कारबाही गर्दछ ।’
देशभरका विभिन्न स्थानमाहुने उपनिर्वाचनको लागि (बिहीबार) राती १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली काँग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । तर, गतअसार ३ गते उनको निधन भएपछि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया