५०० मत गणना गर्दा २२० मत बदर भएपछि बेलकामा रोकिएको मतगणना अझै सुरु भएन

सोमबार, १७ मंसिर २०८१
काठमाडौं : बेलका नगरपालिका–९ मा भएको वडा अध्यक्षको उपनिर्वाचनको मतगणना रोकिएको छ । ५०० मत गणना गर्दा २२० मत बदर भएपछि गणना रोकिएको थियो। समान्य मसि लागेको मत पनि गणना गर्ने कि नगर्ने भन्ने विषयमा उम्मेदवारहरुबीच सहमति नजुटेपछि मतगणना रोकिएको हो । बेलाका ४ का वडा अध्यक्ष तीर्थ अधिकारीका अनुसार आईतबार रातीबाट मतगणना रोकिएको छ । ४ पटक उम्मेदवारहरु सहितको सर्वदलिय बैठक बस्दा पनि सहमति जुट्न सेकेको छैन । उदयपुरका निर्वाचन अधिकृत दीपक दाहालको टोलीसहित बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि पुनः सर्वदलिय बैठक बस्ने तयारी रहेको छ । ५०० मत गणना हुँदा एमालेको ८५, माओवदीको ८०, कांग्रेसको ६२, जसपाको २६, रास्वपाको १९, राप्रपाको ८ र मंगोल नेसनलको एक पनि भोट आएको छैन । बेलका–९ मा नेपाली कांग्रेसका नवराज बस्नेत (नविन), एमालेका मोहन खड्का, माओवादी केन्द्रका भरत घिमिरे, जसपाबाट राजकुमार राई, रास्वपाबाट तेजमान बिक, राप्रपाबाट टिकाराम फुयाल र मंगोल नेसनलबाट सुरे तामाङ उम्मेदवार छन् । बेलका  ९ मा आम निर्वाचनमा कांग्रेसका पदम खड्का वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार