स्थानीय राजेन्द्र राई भन्छन्, ‘हामीलाई धरान उपमहानगरपालिकाले चिन्दैन । हाम्रो पीडा देख्दैन, हामीलाई सुन्दैन । तारा सुब्बाले सुरूमा १० लाख बजेट विनियोजन गरिदिनुभयो । हामी स्थानीयले जनश्रमदान पनि ग¥यौँ । पुनः २० लाख बजेट छुटिएको थियो । तर, सबै बजेट कार्यान्वयन गर्न सकिएन ।’
तत्कालीन मेयर सुब्बाको देहान्तसँगै अरू कसैले पनि यो वडाको समस्यालाई बुझ्न नसकेको स्थानीयको भनाइ छ ।
हिउँदका समय केही महिनाबाहेक वर्षा लगायतका याममा त्यस भेगका विद्यार्थीहरू विद्यालय जान, टोलबासीहरू बजार जान करिब ३ घण्टाको बाटो घुमेर जानुपर्ने अवस्था रहेको नहरेका स्थानीय अविरसिं राईले बताउँछन् ।
‘अहिले सुख्खा छ, तर केही पानी पर्नेबित्तिकै बाढी आउँछ । पारी जान धेरै घुम्नुपर्छ, कति घुम्नु भनेर खोलामा पस्यो लडाइहाल्छ । ज्यान नै बाजी लाउनुपर्ने अवस्था छ,’ स्थानीय हिमालसरी राईले भनिन् ।
धरानभित्रै भएर पनि वर्षौदेखि यहाँका किसानहरूको समस्या समाधान नभएको सरस्वती राई बताउँछिन् ।
वडा नम्बर ४ का वडा सदस्य राजन चाम्लिङ स्वयम् उपमहानगरले यस वडालाई बेवास्ता गरेको गुनासो गर्छन् । उनले भने, ‘सानातिना योजनाबाहेक अन्य योजनामा मेयर हर्क साम्पाङले अस्वीकार गर्छन् ।’
सुरूमा बनेको संरचनालाई गत असार, भदौ र असोजको भारी वर्षा र बाढीले केही क्षतिसमेत पुगेको छ । त्यसलाई मोटरेवल पुल निर्माण गर्ने हो भने करिब २५ देखि ३० लाख बजेटको आवश्यकता पर्छ ।
कोशी प्रदेश सदस्य रमेशकुमार बस्नेतको पहलमा कोशी प्रदेश सरकार सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा १५ लाख बजेट विनियोजन गरिदिएको छ । तर, पुन निर्माण सम्पन्न गर्न अपुग छ ।
यसबारे बस्नेत भन्छन्, ‘प्रदेश सरकारले १५ लाख रकम छुट्याएको छ । अपुग रकम वडा नम्बर ४ र स्थानीय साझेदारीमा पुल निर्माण सम्पन्न गर्नेगरी काम गर्नु पर्छ । यसको पहलकदमी वडा नम्बर ४ ले गर्नुपर्छ ।’
साथै, मंगलबार नै बसन्तटारका भगत राईको पहिरोले क्षतिग्रस्त घरघडेरीकोसमेत निरीक्षण गरिएको थियो ।
प्रतिक्रिया