पक्राउ परेका विश्वकर्मालाई लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थपको तयारी भइरहेको प्रहरीको भनाइ छ ।
‘बरामद भएका गाडीहरू सरकारी गाडीहरू हुन् कि होइनन् भन्नेबारे थप अनुसन्धान भएरहेको छ,’ एसपी तिम्सिनाले भने, ‘फेक सरकारी नम्बर प्लेट बनाएर प्रयोग गरिएको हो कि भन्नेबारे पनि अनुसन्धान भइरहेको छ ।’
यो आर्थिक वर्षमा मात्रै ६ हजार १९७ केजी लागूऔषध बरामद गरिएको सुनसरी प्रहरीको तथ्यांकमा उल्लेख छ । लागूऔषध ओसारपसारमा संलग्न सवारी साधनलाई लागूऔषध ऐन अन्तर्गत जफत गरिने प्रहरीले जनाएको छ ।
‘हालसम्म लागूऔषध ऐन अन्तर्गत जफत गरिएका सवारी साधन चार करोड २५ लाख रुपैयाँका रहेका छन्,’ एसपी तिम्सिना भन्छन्, ‘पछिल्लो समय सुनसरी प्रहरीले लागूऔषधलाई नियन्त्रणमा लिनका निम्ति प्रहरीले विशेष निगरानी बढाएको छ ।
प्रतिक्रिया