धरान : धरान मेघा कलेजको आयोजनामा आयोजित धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उपाधि आयोजकले नै चुमेको छ ।
फाइनल खेलमा आयोजक धरान मेघा कलेजले होलिल्याण्ड इन्टरनेसनल स्कुललाई थप समयमा ६२–५९ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
निर्धारित समय सम्ममा दुवै टिमले ५५–५५ बराबर अंक जोडेपछि चार मिनट समय थप गरिएको थियो ।
थप समयमा धरान मेघाले ७–४ अंकको अग्रता लिदैँ उपाधि जितेको हो । निर्धारित समयको प्रत्येक क्वाटरमा धरान मेघा र होलिल्याण्ड्ले १६–८, ४–८, २०–१९ र १५–१० अंक जोडेका थिए । फाइनल खेलमा धरान मेघाका प्रशान्त तामाङले उत्कृष्ट प्रदशन गर्दै व्यक्तिगत ३३ अंक जोडेका थिए ।
उपाधिसँगै धरान मेघा कलेजले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरको छ । उपविजेता होलिल्याण्ड स्कुलले नगद १२ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरको (एमभिपी) उपाधि आयोजक धरान मेघाका प्रशान्त तामाङ घोषित भए । उनले नगद दुई हजार पाँच सय, ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुई वटा कुपन प्राप्त गरे ।
प्रतियोगिताको उदयीमान खेलाडी राइजिङ प्लेयरको उपाधि मेघा अलेजका सिजन गुरुङले प्राप्त गरे । उनले नगद एक हजार, ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुई वटा कुपन प्राप्त गरे ।
विजेता तथा उपविजेताहरूलाई कार्यक्रमका सभाध्यक्ष धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर आइन्द्र विक्रम बेघा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, रेवाहाङ रुछेन्बुङ स्मृति प्रतिष्ठानका अध्यक्ष रेवतीरमन राई र धरान १८ वडा सदस्य जमुना त्रिखत्री मोक्तान लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया