सुविधा सम्पन्न बसपार्क निर्माण हुने भएपछि यातायात व्यावसायीहरू खुसी भएका छन् ।
बसपार्क वरपर निर्माण भएका भवनहरूमा टिकट काउन्टर सञ्चालन गर्दा भाडा महङ्गो तिर्नुपरेको गुनासो काउन्टर सञ्चालक कुमार खड्का बताउँछन् ।
उनले भने, ‘हामीले यो टिकट काउन्टरको भाडा महङ्गो तिर्दै आएका छौँ । तर उपमहानगरले बनाएको नयाँ भवनमा सहुलियत दरमा टिकट काउन्टर भाडामा पाउछौँ भन्ने आशा छ, हेरौँ !’
यस्तै व्यवस्थित बसपार्क बन्ने भएपछि यात्रुहरूसमेत खुसी भएका छन् । यात्रु भुपेश खत्रीका अनुसार अहिले टिकट काट्न बसपार्क वरपर रहेका टिकट काउन्टरहरूमा चाहर्नुपर्ने बाध्यता छ । तर, एउटै भवनमा काउन्टर भएपछि सहज हुने उनको विश्वास छ ।
बसपार्कमा प्रतीक्षालयसमेत हुने भएपछि यात्रुहरूले सवारी पर्खिदा घाम पानीबाट जोगिन होटलतिर छिर्नुपर्ने बाध्यता हट्ने उनले बताए ।
प्रतिक्रिया