एक्स्पोमा स्थानीय उत्पादन र त्यसको बजारीकरणको अनुभूति गराउन पनि सम्बद्ध कुराको प्रदर्शनीलाई समेत समेटेको छ ।
एक्स्पोमा छिमेकी देश भारत, पाकिस्तान र बंगलादेशकासमेत स्टल रहने छन् भने पर्यटन, स्वास्थ्य, साहित्यसँग सम्बन्धी पनि स्टल रहेको आयोजकले बताएको छ ।
एक्स्पोमा पर्यटन, कृषि, स्वरोजगार सम्बन्धी, वित्तिय संस्था संग गोष्ठी तथा प्रशिक्षण कार्यक्रम समेत रहेको संघका महासचिव महेन्द्र प्रधानले बताए ।
बिहीबार उद्घाटन कार्यक्रममा कोशी प्रदेशाक पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, सांसदहरू यशोदा कायस्थ, विजय राई, धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रबिक्रम बेघा, पूर्व नगर प्रमुख तिलक राईलगायत राजनितिक दलहरूका प्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया